ओमानमा आफैले हाँकेको कार दुर्घटना हुँदा नेपाली युवा–युवतीको मृत्यु


२०८१ असोज ७ सोमबार १३:०७ बजे

काठमाडौं । ओमानमा आफैले हाँकेको कार दुर्घटनामा परी दुई नेपालीको ज्यान गएको छ । निज्वा इज्की रोडमा गत आइतबार भएको दुर्घटनामा नेपाली युवा युवतीको मृत्यु भएको हो ।

राजधानी मस्कटस्थित नेपाली दूतावासकाअनुसार दुर्घटनामा परी रुपन्देहीको तिलोत्तमा नगरपालिका घर भएका नरबहादुर सारु र झापाकी समिता बुढाथोकीको मृत्यु भएको छ । कार सारुले चलाइरहेका थिए । एक्कासी अनियन्त्रित भई दुर्घटना हुँदा दुवै जनाको मृत्यु भएको हो ।

सारु अल सीर कम्पनीमा मर्चनडाइजरको रुपमा सन् २०१८ देखि काम गर्दै आएका थिए भने समिता वारदात अल साब अलधब्या हिना एन्ड ब्यूटी सेन्टरमा हेयर स्ट्यालिस्टको रुपमा काम गर्थिन् । उनी दुई वर्षअघि मात्र त्यहाँ गएकी थिइन् ।

नरबहादुरकी श्रीमती पनि ओमानमै रहेकोले कानुनी प्रक्रिया पूरा गरी दूतावासकै समन्वयमा शनिबार शव नेपाल पठाइएको तर समिताको शव हालसम्म ओमानकै नीज्वा अस्पतालमा रहेको नेपाली दुतावास ओमानका द्वितिय सचिव विशेष कुमार झाले नेपाल प्रेसलाई बताए । एनआरएन ओमानका पूर्व अध्यक्ष दिपक श्रेष्ठका अनुसार मृतक सारु त्यहाँ रहेको नीज्वा फुटबल क्लबको क्याटेनको रुपमा खेल्दै आएका थिए । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७