पहिरोले कान्ति लोकपथ अवरुद्ध


२०८१ असोज १० बिहीबार ०३:५३ बजे
फाइल फोटो

बागमती  । अविरल वर्षासँगै खसेको पहिरोका कारण कान्ति लोकपथ पूर्णरुपमा अवरुद्ध भएको छ । मकवानपुरको बकैया गाउँपालिका– १२ घट्टेपाखास्थित सडकमा पहिरो खस्दा  सडक पूर्णरुपमा अवरुद्ध भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सडक विभागसँगको समन्वयमा पहिरो हटाएर सवारीसाधन सञ्चालनको प्रयास जारी छ । सडकमा पहिरो खसेपछि हेटौँडा–काठमाडौँको आवतजावत गर्ने सवारी साधनबीच बाटोमै रोकिएका छन् । गाडी रोकिँदा यात्रुको विचल्ली भएको छ । पहिरो ठूलो भएकाले हटाउन  आज दिनभरी नै लाग्ने अनुमान प्रहरीले गरेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७