विदा हुँदै गर्दा प्रधानन्यायाधीशले टुङग्याए वरिष्ठ अधिवक्ताको विवाद : १५९ जनालाई उपाधि (सूचीसहित)


२०८१ असोज १० बिहीबार ०५:५८ बजे
फाइल फोटो

काठमाडौँ । सर्वोच्च अदालतले १५९ जना अधिवक्ताहरूलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरेको छ । आज (बिहीबार) बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले उनीहरूलाई उपाधि दिने निर्णय गरेको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेको हो । विवादित नाम हटाएर १५९ जनालाई वरिष्ठ अधिवक्ताको उपाधि दिने निर्णय भएको स्रोतले जानकारी दिएको छ । 

हिजोको बैठकमा केही नामलाई लिएर विवाद भएको थियो । यसअघि प्रकाशमानसिंह राउत नेतृत्वको ५ सदस्यीय समितिले १६५ जनालाई वरिष्ठ अधिवक्तालाई उपाधि दिन सकिने गरी सूची तयार गरेको थियो । उक्त सूचीमा २०५५ सालसम्म कानुन व्यवसायीको प्रमाणपत्र पाएका अधिवक्ताहरूको नाम थियो । 

यसपालि कम्तीमा ५० वटा मुद्दामा फैसला भएको, फर्म दर्ता गरेको, नियमित कर तिरेको लगायतका मापदण्डमा रहेर वरिष्ठ अधिवक्ताको उपाधि दिन छनोट समितिले सूची तयार गरेको समितिका सदस्यको भनाइ छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ यही असोज २० गतेबाट अवकाशमा जाँदैछन् । सर्वोच्च अदालत बार एसोसिएसनले वरिष्ठ अधिवक्ताको उपाधि वितरण र न्यायाधीश नियुक्तिको निर्णय अविलम्ब गर्न ज्ञापनपत्र दिएको थियो ।
हेर्नुस् सूची


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७