पहिरोले कर्णाली राजमार्ग बिहानैदेखि बन्द


२०८१ असोज १० बिहीबार ०३:५२ बजे
फाइल फोटो

काठमाडौं । वर्षाका कारण गए राति पहिरो जाँदा कर्णाली राजमार्ग बन्द भएको छ । कालिकोटको शुभकालिका गाउँपालिका गगने खोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय कालिकोटका अनुसार सो राजमार्गमा आज (बिहीबार) बिहानैदेखि सवारीसाधन चल्न सकेका छैनन् । प्रहरीका अनुसार कर्णाली राजमार्गको कालिकोट सडकखण्डको विभित्र ठाउँमा पहिरा खसेका छन् । सडक डिभिजन कार्यालय जुम्लाले पहिरो हटाउन स्काभेटर पठाइसकिएको जनाएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७