धनराजबारे विश्वप्रकाशको टिप्पणी : सहकारी ठगीमा दोषी देखिए जेल जानुहुन्छ


२०८१ असोज ५ शनिबार २०:०१ बजे

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगीमा दोषी देखिए पार्टी उपसभापति धनराज गुरुङ जेल जाने टिप्पणी गरेका छन् । सहकारी ठगी प्रकरणमा उपसभापति गुरुङमाथि छानबिन सुरु भइसकेको समेत उनले बताएका छन् ।

नेपाली कांग्रेस झापा–काठमाडौँ सम्पर्क समितिको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै महामन्त्री शर्माले नयाँ दल भन्नेहरुले जस्तो आफूहरुले छानबिन गर्न नै हुँदैन भन्ने पक्षमा नरहेको उनको भनाइ थियो ।

‘उहाँमाथि छानबिन सुरु भएको छ । त्यो प्रक्रिया अवरुद्ध गर्न कांग्रेस लाग्दैन । सीआईबीले छानबिन गरिरहेको छ । निर्दोष देखिनु हुन्छ, माला लगाएर कांग्रेसको नेतृत्व गर्नु हुन्छ । दोषी देखिनु हुन्छ, जेल जानुहुन्छ,’ उनले भने । पूर्वकानुन मन्त्री समेत रहेका कांग्रेस उपसभापति एवं प्रतिनिधि सभा सदस्य गुरुङ सहकारी ठगी प्रकरणमा मुछिएपछि उनीमाथि छानबिन सुरु भएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७