उपाध्यक्ष वाग्लेसहित रास्वपाका १४ नेता आज चीन उड्दै


२०८१ असोज ५ शनिबार २३:०६ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोली १० दिने भ्रमणका लागि आज (शनिबार) चीनतर्फ जाँदैछ । पार्टीका उपाध्यक्ष डा. स्वर्णिम वाग्ले नेतृत्वमा १४ सदस्यीय टोली आज राति चीनतर्फ जाने कार्यबाहक प्रवक्ता गणेश कार्कीले जानकारी दिए ।

टोलीमा सांसद शिशिर खनाल, पार्टीकी कोषाध्यक्ष लिमा अधिकारी, सांसदहरु मनिष झा, असिम साह, शिव नेपाली, डा. तोसिमा कार्की, गणेश पराजुली, केन्द्रीय सदस्यहरु बासुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बु राजा श्रेष्ठ रहेको कार्कीले जानकारी दिएका छन् ।

उनीहरुले चीनमा सांस्कृतिक अध्ययन, सिचुवान विश्वविद्यालयको भ्रमण, इनोभेसन सेन्टरहरुको अवलोकन गर्ने कार्यक्रम रहेको कार्यबाहेक प्रवक्ता कार्कीले जानकारी दिए । उनीहरु १४ असोजमा फर्किने छन् ।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७