दिल्लीकी मुख्यमन्त्री आतिशीले लिइन् शपथ 


२०८१ असोज ५ शनिबार २१:१६ बजे

काठमाडौं । भारतको दिल्ली प्रदेशमा आम आदमी पार्टीकी नेतृ आतिशी मुख्यमन्त्री बनेकी छिन् । उनलाई शनिबार  उपराज्यपाल वीके सक्सेनाले शपथ ग्रहण गराएका छन् । अरविन्द केजरिवालले जेलबाट छुटेपछि पदबाट राजीनामा दिएका थिए । त्यसपछि ४३ वर्षीया आतिशी मुख्यमन्त्री बनेकी हुन् । 

आतिशीका साथै कैलाश गहलोत, गोपाल राय, सौरभ भारद्वाज, इमरान हुसैन र मुकेश अहलावतले मन्त्री पदको शपथ लिएका छन् । दिल्लीमा आतिशीभन्दा अघि महिला मुख्यमन्त्री भाजपाकी सुष्मा स्वराज र कांग्रेस आईकी शिला दीक्षित बनेका थिए । आतिशी दिल्लीकी तेस्रो महिला मुख्यमन्त्री बनेकी हुन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७