मुलुकमा बेइमानहरू बढे :  सभापति पोखरेल


२०८१ असोज ५ शनिबार १९:४६ बजे

 काठमाडौं । सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले मुलुकमा बेइमानहरू बढ्दै गएको बताएका छन् । आज (शनिबार) नेपाल निर्माण व्यवसायी महासंघले आयोजना गरेको बेरुजु फछ्योटसम्बन्धी कार्यशाला गोष्ठिमा बोल्दै सभापति पोखरेलले  सबै प्रमाण र तथ्य  हुँदा समेत कारबाही गर्न बहुमतका कारण नसक्ने अवस्था रहेको बताए । 

उनले अहिले मुलुकमा बेइमानहरूको बहुमत भएको उल्लेख गर्दै प्रमाण, कागज र कानून स्पष्ट हुँदा पनि केही गर्न नसक्ने अवस्था आएको बताए । उनले टेलिभिजनमा क्रान्तिकारी कुरा गर्ने र भित्र गएर निर्णय गरिस् भने तेरो व्यवस्था गर्छु भन्ने चेतावनी दिने गरेको बताए । 

उनले बेरुजु राख्ने सरकारी निकायका जिम्मेवार अधिकारीको घर खेतबाट बेरुजु असुल उपर गर्नुपर्ने बताए । उनले कुनै एक जना मन्त्रालय मातहतको विभागको महानिर्देशकले टेण्डर, ठेक्का लगाउँछ, सूचना निकाल्ने, टेण्डर स्वीकृत गर्ने,मूल्याङ्कन गर्ने, कामको रेखदेख गर्ने, मूल्याङ्कन गरेर प्रतिवेदन बनाउने, स्वीकृत गर्ने, चेक काट्ने आफै गर्ने र बेरुजु निर्माण व्यवसायीको बनाउने काम गलत भएको बताए ।

उनले सबै काम संस्थाको अधिकारप्राप्त व्यक्तिले गर्ने अनि बेरुजु आएपछि निर्माण व्यवसायीको ठाउँकोमा राख्ने कामले देश सुधार गर्ने नसकिने बताए । उनले जसका नाममा चेक काटेको छ त्यसको नाममा बेरुजु हुनुपर्ने बताए । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बेरुजुको प्रभाव निर्माण व्यवसायीहरूको ठूलो रहेको बताए ।

उनले बेरुजु सरकारी निकायले सबै काम गरेर व्यवसायीहरूको नाममा बेरुजु बनाएर समस्या भएको बताए । उनले सरकारी निकायहरुबीच समन्वयको अभाव खड्किएको बताए । उनले सबैले अधिकारको सीमाभित्र मात्रै रहेर काम गरेको तर दायित्व निर्वाह गरेको नदेखिएको बताए । उनले बेरुजु बेरुजु नै भए हरेक वर्ष किन दोहोरिरहन्छ ? भन्दै प्रश्न गरे ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७