‘ग्रेटर नेपाल’ का अभियन्ता फणिन्द्र नेपालको ट्वीटलाई एक्सले लगायो भारतभर प्रतिबन्ध 


२०८१ भदौ ३१ सोमबार ००:५० बजे

काठमाडौं । ‘ग्रेटर नेपाल’ का अभियन्ता फणिन्द्र नेपालले भारत सरकारले आफ्नो सामाजिक सञ्जाल एक्सको खाता बन्द गराउन रिपोर्ट गरेको आरोप लगाएका छन् ।

उनले भारत सरकारले आफ्नो खाता बन्द गराउन खोजेको दावी गर्दै एक्सले पठाएको मेसेज सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । उनले एक्समा राखेका सामग्री भारतको सूचना प्रविधिसम्बन्धी ऐन २००० विरूद्ध रहेको भन्दै भारत सरकारले रिपोर्ट गरेको सूचना एक्सले नेपाललाई पठाएको थियो ।

फणिन्द्रले आफूले ‘ग्रेटर नेपाल’ को पक्षमा बोल्दा भारतलाई अप्ठ्यारो परेको बताए । उनले पछिल्लो समय भारतविरूद्ध अभिव्यक्ति दिँदै आएका थिए । उनले पछिल्लो ट्वीटर भारतीय दूतावासले नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीलाई प्रयोग गरेर कालापानीका विषयमा बोल्न लगाएको बताएका थिए ।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७