कांग्रेस सांसदहरूले पनि मागे उपसभामुखको राजीनामा


२०८१ भदौ २६ बुधबार ०२:४८ बजे

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका सांसदहरूले पनि उपसभामुख इन्दिरा रानामगरको राजीनामा मागेका छन् ।आज (बुधबार) को प्रतिनिधि सभामा बोलेका कांग्रेसका सांसदहरूले उपसभामुखबाट पदीय मर्यादाविरीत काम भएकोले राजीनामा दिनुपर्ने माग गरेका हुन् ।

‘उपसभामुखमाथि प्रश्न उठेको छ । उपसभामुख जस्तो पदमा रहेर असम्बन्धित व्यक्तिहरूलाई जस्केलाबाट कार्यक्रममा लैजान सिफारिस गर्नु पदीय दुरूपयोग हो, यो गम्भीर अपराध समेत हो,’ सांसद प्रतिमा गौतमले भनिन्, ‘जसका सन्दर्भमा स्वयम उपसभामुखले गत साउन ४ गते स्पष्टीकरण दिँदै धेरै कुरा स्वीकार गरिसक्नु भएको छ ।’

करूणा, संख्या र महिलाको कुरा उठेको भन्दै उनले विषय संविधान र कानूनले व्यवस्था गरेको पदीय दायित्व र मर्यादाको भएको बताइन् । ‘जब पदीय इमान हुँदैन तब लोकतन्त्रमा संख्याले काम गर्छ । उपसभामुखलाई आग्रह छ– इमानको मानक राख्नुस्, मार्गप्रशस्त गर्नुस् । उपसभामुख पदबाट राजीनामा दिनुस्,’ उनले भनिन् ।

कांग्रेसकी अर्की सांसद शान्ति परियारले पनि उपसभामुखलाई मार्गप्रशस्त गर्न आग्रह गरेकी छन् । ‘उहाँले मार्गप्रशस्त गर्दा राम्रो हुन्छ, प्रतिष्ठा नै जोडिएको र  उपसभामुखसँग जोडिएको कुरा हो,’ उनले भनिन् । मंगलबारको प्रतिनिधि सभामा नेकपा (एमाले) का सांसदहरूले उपसभामुखको आचरणलाई लिएर राजीनामा माग गरेका थिए ।  उपसभामुख राना मगरले काठमाडौंस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाइदिन लेखेको पत्र विवादमा परेको थियो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७