ऐनापहराबाट मर्स्याङ्दी नदीमा बस खस्यो


२०८१ भदौ ७ शुक्रबार १२:१३ बजे

काठमाडौं । तनहुँको आँबुखैरहनीमा बस दुर्घटनामा परेको छ ।  भर्खरै ऐनापहराबाट मर्स्याङ्दी नदीमा बस खसेको नेपाल प्रहरीले जनाएको छ ।  

साढे ११ बजेतिर बस मर्स्याङ्दीमा खसेको सूचना प्राप्त भएको र घटनास्थलमा प्रहरी पुगिसकेको तनहुँका एसपी वीरेन्द्रबहादुर शाहीले बताएका छन् । अहिले इन्सपेक्टर नेतृत्वमा नेपाल प्रहरीको टोली पुगिसकेको छ ।

यस्तै सशस्त्र प्रहरीको विपद उद्धार टोली पनि घटनास्थलतर्फ गइसकेको छ । भारतीय नम्बर प्लेटको गाडी रहेको प्रारम्भिक सूचना आएको तर निश्चित हुन बाँकी रहेको पनि उनले बताएका  छन् । घटनाबारे सबै जानकारी आइसकेको छैन । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७