बंगलादेशमा चौकी छाडेर हिंडेर हिंडेका सुरक्षाकर्मीलाई काममा फर्किन निर्देशन


२०८१ श्रावण २७ आइतबार ००:४६ बजे

काठमाडौं । बंगलादेशको प्रहरी प्रधान कार्यालयले सबै प्रहरीलाई काममा फर्किन निर्देशन दिएको छ । बिद्यार्थी आन्दोलनका कारण शान्ति सुरक्षा जोखिममा परेपछि प्रहरी चौकी छाडेर हिडेका प्रहरीलाई काममा फर्किन र शान्ति सुुरक्षा कायम गराउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको हो ।

प्रहरी चौकीका गतिविधि सुचारु गर्न र शान्ति सुरक्षा कायम गर्नका साथै प्रत्येक प्रहरी चौकी क्षेत्रमा नागरिक सुरक्षा समिति गठन गर्न प्रहरी प्रधान कार्यालयबाट निर्देशन दिइएको ढाका ट्रिब्युनले जानकारी दिएको छ । उसका अनुसार यस्तो निर्देशन सबै जिल्लाका प्रहरी उपरीक्षक र प्रहरी चौकीका अधिकृत (ओसी) लाई दिइएको हो ।

प्रहरी प्रधान कार्यालयले शनिबार राती जारी गरेको विज्ञप्तिमा भनिएको छ कि समितिको मुख्य उदेश्य शान्ति सुव्यवस्थामा जनसहभागिता बढाउनु हुनेछ । यसका लागि समितिहरूले कार्ययोजना बनाएर अनुगमन तथा मूल्याङ्कन गतिविधि सञ्चालन गर्नेछन् । कानून प्रवर्तन एजेन्सी र समिति सदस्यहरू सम्मिलित संयुक्त गस्ती मार्फत हिंसा, चोरी, डकैती र अपहरण रोक्न उपायहरू लागू गरिने छ । –न्यूज कारखाना
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७