हसिना देश छाडेर हिडेपछि प्रधानमन्त्री निवास ‘गणभवन’ मा भएको बबण्डर (तस्वीरहरु)
काठमाडौं । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले सत्ता छोडेर छिमेकी मुलुक भारतको शरणमा पुगेकी छिन् । सोमवार प्रदर्शनकारी प्रधानमन्त्री निवासमा प्रवेश गरेसँगै उनी देश छाडेर भारत पुगेकी हुन् ।
झण्डै एक महिनादेखि जारी आन्दोलनले उग्ररुप लिएसँगै प्रधानमन्त्री हसिनाले १५ वर्षे राजनीतिबाट च्यूत हुँदै भाग्नु परेको छ । उनले अब आफू राजनीतिमा नफर्के बताइसकेकी छिन् । अहिले बङ्गलादेशको सत्ता सेनाको हातमा छ । बंगलादेशकी प्रधानमन्त्री हसिनाले राजीनामा दिँदै देश छाडेपछि प्रदर्शनकारीहरू उनको सरकारी निवास ‘गणभवन’ मा प्रवेश गरे र त्यहाँ राखिएका सामान लुटपाट गरे ।
कोही फर्निचर बोकेर गएको देखिए भने कोही सोफामा ढलीमली गरिरहेका थिए । प्रधानमन्त्री निवासमा ठूलो संख्यामा आन्दोलनकारी प्रवेश गरेका थिए र विजयको प्रतीकका रूपमा राखिएका सामान लिएर गए । सुरक्षाकर्मीले उनीहरूलाई रोक्ने आँट गर्न सकेनन् ।
सोमवार बङ्गलादेशको आन्दोलनका केही तस्वीर