नव नियुक्त प्रदेश प्रमुखले लिए शपथ


१६:०७ बजे

काठमाडौं । नव नियुक्त प्रदेश प्रमुखहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतल निवासमा बिहीबार एक कार्यक्रमबीच राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना प्रदेश प्रमुखलाई शपथ गराएका हुन् ।

शपथ लिनेमा बाग्मतीमा दीपकप्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेशमा यज्ञराज जोशी रहेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कैलालीका देवकोटा, रोल्पाका मगर र बझाङका जोशीलाई प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्रीगण र विशिष्ट व्यक्तित्वको उपस्थिति थियो । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को यही साउन १४ गतेको बैठकको निर्णय एवं सिफारिसमा बुधबार विभिन्न तीन प्रदेशका प्रदेश प्रमुख नियुक्त गरेका थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७