लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त


२०८१ श्रावण ७ सोमबार १७:४७ बजे

दाङ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेशसभा संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले उनलाई आज (सोमबार) मुख्यमन्त्री नियुक्त गरेका हुन् । नेपाली कांग्रेस र नेकपा एमालेका ५६ सांसदहरूको हस्ताक्षरसहित सोमबार (आजै) आचार्यले मुख्यमन्त्री दाबी पेस गरेका थिए । 

प्रदेश प्रमुख शेरचनले संविधानको धारा ७६ को उपधारा २ अनुसार आचार्यलाई नियुक्त गरेको जानकारी गराएका छन् । यसअघि एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बन्ने निश्चित जस्तै थियो । तर, अन्तिम अवस्थामा पार्टी केन्द्रबाट आचार्यलाई मुख्यमन्त्री बनाउने निर्देशन गएको थियो । सोही अनुसार आचार्यले मुख्यमन्त्री दाबी गरेका हुन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७