‘बेहुली फ्रम मेघौली’ को नयाँ गीत ‘उडायो मन’ रिलिज (भिडियो)


२०८१ श्रावण ५ शनिबार ०८:१३ बजे

काठमाडौं । निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का दम्पतीको प्रमुख भूमिका रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’ को नयाँ गीत सार्वजनिक गरिएको छ ।

‘उडायो मन’ बोलको गीतमा इन्द्रकला राईको गायन रहेको छ भने जयन जे. वाइबाको शब्द रचना तथा संगीत छ । यो गीतमा केही अन्तरा थारु भाषामा पनि छ । शेखर घर्ती मगरको कोरियोग्राफीमा तयार भएको गीतमा स्वस्तिमासहित अर्की अभिनेत्री सिम्रन खड्का पनि प्रस्तुत छन् । आगामी असोज १७ गते (घटस्थापना) देखि फिल्म प्रदर्शन हुँदैछ ।

साजन काफ्ले र आकाश बरालको संयुक्त लेखन एवं निर्देशन रहेको फिल्ममा स्वस्तिमा, निश्चल र सिम्रनसहित विजय बराल, टीका पहारी, बसुन्धरा भुसाल, लोकेन्द्र लेखक, सिरु विष्ट, अमीर गौतम, लुनिभा तुलाधर, मुकुन्द मैनाली, रामबाबु रेग्मीलगायतको पनि अभिनय छ ।

निश्चल र स्वस्तिमा दम्पती आफै निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा शंकर पाण्डे र फिरोज खड्का छन् । यो फिल्ममा नरेन्द्र मैनालीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्राफी तथा जयन जे वाइबा र कुशल पोखरेलको संगीत रहेको छ ।

 

 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७