न्याय सेवाका ६० शाखा अधिकृत नियुक्तिका लागि सिफारिस
काठमाडौं : न्याय सेवा आयोगले नेपाल न्याय सेवाअन्तर्गत राजपत्राङ्कित तृतीय श्रेणीका शाखा अधिकृत वा सोसरहका पदमा ६० जना उम्मेदवारलाई नियुक्ति तथा पदस्थापनका लागि सिफारिस गरेको छ ।
आयोगले खुला तथा समावेशी प्रतिस्पर्धाबाट छनोट भएका उम्मेदवारलाई न्याय, कानुन र सरकारी वकिल समूहमा नियुक्तिका लागि सिफारिस गरेको हो ।
सिफारिस भएकामध्ये खुलातर्फ ३३ जना छन् । समावेशी समूहबाट महिलातर्फ नौ, आदिवासी जनजातितर्फ सात, मधेसीतर्फ छ, दलिततर्फ दुई, अपांगता भएका व्यक्तितर्फ दुई र पिछडिएको क्षेत्रबाट एक जना छनोट भएका छन् ।
न्याय समूहका उम्मेदवारलाई विभिन्न उच्च तथा जिल्ला अदालतमा शाखा अधिकृत, इजलास अधिकृत र सुपरिटेन्डेन्ट पदमा पदस्थापन गर्न सिफारिस गरिएको छ ।
त्यस्तै, कानुन समूहका उम्मेदवारलाई संघीय तथा प्रदेश मन्त्रालय, आयोग र अन्य सरकारी निकायमा शाखा अधिकृत तथा कानुन अधिकृत पदमा पदस्थापन गर्न सिफारिस गरिएको आयोगले जनाएको छ ।
सरकारी वकिल समूहका उम्मेदवारलाई भने उच्च तथा जिल्ला सरकारी वकिल कार्यालयमा सहायक न्यायाधिवक्ता र सहायक जिल्ला न्यायाधिवक्ता पदमा नियुक्ति तथा पदस्थापनका लागि सिफारिस गरिएको छ ।
हेर्नूहोस् सूचीः





.gif)

.png)




