कर्णाली राजमार्ग पुनः अवरुद्ध


२०८१ असार ३१ सोमबार ०६:५४ बजे

मुगु । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । वर्षाका कारण कालीकोटको गगने खोला, यास मोड, बिर्तामोड, झाम्ला मोड, छेका, मोल्फासहितका स्थानमा लेदोसहित ठूल्ठूला ढुङ्गा झरेपछि आज बिहानैदेखि सडक अवरुद्ध भएको हो । 

डिभिजन कार्यालयका जुम्लाका इन्जिनियर वीरबहादुर जिटीका अनुसार अहिले सडक खुलाउने काम भइरहेको छ । सडक अवरुद्घ भएपछि यात्रु बीच बाटोमै अलपत्र परेका छन् । यसअघि पनि कर्णाली राजमार्ग पहिरोका कारण चार दिन अवरुद्ध भएको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७