नव नियुक्त प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीको बधाई 


२०८१ असार ३१ सोमबार ०५:५१ बजे
फाइल फोटो

काठमाडौं । नव नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्रीमा नियुक्त भएकोमा ओलीलाई बधाई दिएका हुन् ।

मोदीले बधाई सन्देशमा भनेका छन्, ‘नेपालको प्रधानमन्त्रीमा नियुक्त हुनु भएकोमा बधाई छ । हाम्रा दुई देशबीचको मित्रताको गहिरो बन्धनलाई अझ सुमधुर बनाउन र हाम्रा जनताको प्रगति र समृद्धिका लागि पारस्परिक लाभकारी सहयोगलाई थप विस्तार गर्न नजिकबाट काम गर्न तत्पर छौं ।’

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार ओलीलाई आइतबार प्रधानमन्त्री नियुक्त गरेका हुन् । कांग्रेसको समर्थनमा ओलीले शुक्रबार प्रधानमन्त्रीमा नियुक्तिका लागि दाबी पेस गरेका थिए । ०७९ मंसिरमा आमनिर्वाचनपछिको डेढ वर्षमा चौथोपटक सत्तासमीकरण फेरिँदा प्रमुख प्रतिस्पर्धी दल कांग्रेसको समर्थन र अगुवाइमा ओली प्रधानमन्त्री बनेका छन् । ओलीलाई कांग्रेसका ८८ र एमालेका ७८ सांसदको समर्थन छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७