विदेशी सुरक्षाकर्मी आएर ‘इन्काउन्टर’ गर्दा नेपालका सुरक्षाकर्मीलाई थाहा हुँदैन : रक्षामन्त्री उप्रेती


२०८१ असार ९ आइतबार १५:४४ बजे

काठमाडौँ । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राष्ट्रिय सुरक्षा परिषदलाई सशक्त र प्रभावकारी बनाउनुपर्ने बताएका छन् । आज (आइतबार) प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयमाथि विनियोजित बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री उप्रेतीले मुलुकमा सुरक्षा चुनौती बढ्दै गएको भन्दै तीन वटै सुरक्षा संयन्त्रबीच समन्वय गर्दै राष्ट्रिय सुरक्षा परिषदलाई सशक्त र प्रभावकारी बनाउनु पर्ने बताए ।

उनले अहिले विदेशबाट आएको सुरक्षाकर्मीले इन्काउन्टर गर्दा नेपालका सुरक्षाकर्मीलाई जानकारी नरहने अवस्थाको अन्त्य गर्नुपर्ने धारणा राखे । रक्षा मन्त्रालयको विशेष चासोमा राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी विधेयक अघि बढेको उनले बताए । मन्त्री उप्रेतीले विदेशमा गएर एउटै राहदानी र मुद्रा भए हुन्छ भन्ने र नेपालमा आएर सेनाको विरोध गर्ने कुरालाई पनि नयाँ विधेयकले नोटिस गर्ने जिकिर गरे । उनले अन्तर्राष्ट्रिय प्रचलनअनुसार हतियार लिएर सीमामा सेना उभिने कुरालाई राम्रो नमानिने बताए ।

उनले असामान्य अवस्थामा सरकारको निर्णयमार्फत राष्ट्रपतिबाट घोषणा भएपछि सेना परिचालन गर्ने व्यवस्था रहेको भन्दै सीमामा केही दूरीमा बसेर निगरानी भने गर्न सकिने बताए । मन्त्री उप्रेतीले द्रूतमार्ग मुलुकको गेम चेन्जर परियोजना रहेको भन्दै यसलाई छिटो भन्दा छिटो सम्पन्न गर्न सेनाले काम गरिरहेको उल्लेख गरे ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७