११ महिनामा भित्रियो २९ अर्ब बढीको ११ हजार ४६६ विद्युतीय सवारी


२०८१ असार ७ शुक्रबार १६:२२ बजे

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा २९ अर्ब बढीको ११ हजार ४६६ वटा विद्युतीय गाडी नेपाल आयात भएका छन् । सरकारले विद्युतीय कारमा कर बढाउने हल्ला चलेका कारण बैशाख र जेठमा धेरै संख्यामा विद्युतीय सवारी आयात भएको पाइएको छ ।

चालु आवको १० महिना साउनदेखि बैशाखसम्ममा ८,४९७ वटा विद्युतीय कार आयात भएकोमा जेठ एक महिनामै २,९६९ वटा विद्युतीय कार आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । उक्त संख्यामा कार आयात गर्दा सरकारले १३ अर्ब ६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो अवधिमा सबैभन्दा बढी चीन र भारतबाट धेरै विद्युतीय कार आयात भएको हो ।

११ महिनामा ५० किलोवाटसम्म मोटर क्षमता भएका ४३ सय ४४ वटा, ५१ देखि १ सय किलोवाट मोटर क्षमताका ६,८८५ वटा र १०१ देखि २ सय किलोवाट मोटर क्षमताका २०९ वटा विद्युतीय कार आयात भएका छन् । त्यस्तै २०१ देखि ३ सय किलोवाटसम्म मोटर क्षमताका २७ वटा र ३ सय किलोवाटभन्दा माथि मोटर क्षमताको एउटा विद्युतीय कार आयात भएको तथ्याङ्क भन्सारमा रहेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७