सुरक्षा दिनु पर्ने प्रहरीबाटै १७ वर्षकी किशोरीमाथि जबरस्ती करणी


२०८१ असार ७ शुक्रबार ०१:५७ बजे

काठमाडौं । किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा नेपाल प्रहरीका जवान पक्राउ परेका छन् । १७ वर्षकी किशोरीमाथि जबरजस्ती करणीको आरोपमा प्रहरी जवान २४ वर्षका सन्तोष बोट पक्राउ परेका हुन् । किशोरीले आफूमाथि जबरजस्ती करणी भएको व्यहोराको जाहेरी पत्र दर्ता गरेपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी सीताराम रिजालले जानकारी दिए । पक्राउ परेका सन्तोष प्रहरी चौकी भार्तामा कार्यरत थिए । उनको घर कञ्चनपुर हो ।

घटनामा आफ्नै जवान मुछिएपछि प्रहरीका अधिकारीहरूले घटना लुकाउन हरप्रयास गरेको पनि देखिन्छ । जेठ १६ मा परेको जाहेरीमा किशोरीमाथि अन्तिम पटक जेठ ११ गते जबरजस्ती करणी भएको उल्लेख गरेकी छन् । जवान सन्तोषलाई प्रहरीले जेठ १६ गते नै पक्राउ गरेको जनाएको छ । तर यसबारे सूचना प्रहरीले बाहिर ल्याएन । पीडित किशोरी कक्षा–८ मा पढ्छिन् ।

‘यो घटना जेठकै हो । घटना प्रहरीले लुकाउनु पर्ने कुनै कारण छैन’, एसपी रिजालले भने, ‘लुकाउने भए त अनुसन्धान नै हुन्थेन होला नि । हामी अनुसन्धान गरिरहेका छौं ।’ आफ्ना अभिभावक कोही नभएकी ती किशोरीमाथि पटक–पटक करणी भएको जाहेरीमा उल्लेख छ ।

किशोरीले प्रहरी चौकीको भान्सा कोठामा लगेर सन्तोषले पटक–पटक जबरजस्ती करणी गरेको भनेकी छन् । उनले जाहेरीमार्फत अन्तिम पटक जेठ ११ गते आफू बस्दै आएको कटुन्जेस्थित छात्रबासको भान्सामा जबरजस्ती करणी गरेको बताएकी छन् । अनुसन्धानका क्रममा उनीहरूबीच ८ महिना अघिदेखि चिनजान भएको पाइएको मकवानपुर प्रहरीले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७