निर्वाचन बदरको माग गर्दै खनालले सर्वोच्चमा हालेको मुद्दा हारे, बस्नेतलाई नै वैधानिकता


२०८१ असार ५ बुधबार ०७:३१ बजे

काठमाडौं । सर्वोच्च अदालतले इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा पुनः निर्वाचन गराउनु पर्ने माग अस्वीकार गरेको छ । गत मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले पुनः निर्वाचन गराउन माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट बुधबार संवैधानिक इजलासले खारेज गरिदिएको हो ।

मतदानमा धाँधली भएको दाबीसहित नेता खनालले इलाम १ मा पुनः निर्वाचन गर्न माग गरेका थिए । नेता खनाल एमालेका महेश बस्नेतसँग २६ सय ६३ मतले पराजित भएका थिए । एमालेकै रघुबीर महासेठसँग १०२५ मतले पराजित धनुषा प्रतिनिधिसभा क्षेत्र नम्बर ४ का नेपाली कांग्रेसका पराजित उम्मेदवार महेन्द्र यादवले पुनः मत गणनाको माग गर्दै दायर गरेको रिट पनि संवैधानिक इजलासले खारेज गरिदिएको छ ।

पर्सा निर्वाचन क्षेत्र नम्बर ३ मा कांग्रेस उम्मेदवार सुरेन्द्र प्रसाद चौधरीले मत दोहोर्‍याएर गन्न माग गर्दै दायर गरेको रिट पनि खारेज भएको छ । चौधरी नेकपा एमालेका राजकुमार गुप्तासँग १ सय ६७ मतले पराजित भएका थिए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७