काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षा, प्रि–मनसुनकै प्रभाव


२०८१ असार ३ सोमबार ११:०१ बजे

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा गए रातिदेखि मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार गण्डकी, बाग्मती र कोशी प्रदेशको केही ठाउँमा वर्षा भइरहेको हो ।

पूर्वको कोशीमा भित्रिएको मनसुन हिजो बेलुकादेखि बल्ल मधेस प्रदेशको पूर्वी भागमा पुगेकोले अन्य ठाउँमा अहिले भइरहेको वर्षा प्रि–मनसुनकै प्रभाव रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा भइरहेको वर्षा केहीबेरमा रोकिने र आज बेलुका फेरि पानी पर्ने सम्भावना रहेको उनले बताएका छन् ।

हाल देशको पूर्वी भ–ूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । यी तीन प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७