बढुवा भएका चार एसएसपीको पदस्थापन (सूचीसहित)


२०८१ जेठ ३१ बिहीबार ०४:१८ बजे

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले बढुवा भएका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को पदस्थापन गरेको छ । बढुवा भएका एसएसपीहरू क्रमशः श्यामकृष्ण अधिकारी, रवीन्द्र रेग्मी, भीमबहादुर दाहाल र नान्तीराज गुरुङले दर्ज्यानी चिन्हसँगै बिहीबार जिम्मेवारी पनि पाएका हुन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार, अधिकारीको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्तर्गत शान्ति सुरक्षा महाशाखा र रेग्मीको गण्डकी प्रदेश प्रहरी कार्यालयअन्तर्गत शान्ति सुरक्षा महाशाखामा पदस्थापन गरिएको छ । यस्तै दाहालको कोसी प्रदेश प्रहरी कार्यालयअन्तर्गत अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा र गुरुङको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा काज तोकिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७