भारत कर्नाटकमा नेपाली दाजु–बहिनीको शंकास्पद मृत्यु


२०८१ जेठ ८ मंगलबार १८:१८ बजे

कञ्चनपुर । बैतडीको पुर्चाैडी नगरपालिका–४ भोडरका दुई दाजु–बहिनीको भारतको कर्नाटकमा शंकास्पद मृत्यु भएको छ । बुबा–आमासँग कर्नाटकस्थित गाउँबस्तीमा मजदुरी गरिरहेका नन्दसिंह धानुकको १७ वर्षीय छोरा विक्रम र १५ वर्षीया छोरी शिरिष्माको कर्नाटकमा गत शनिबार शंकास्पद मृत्यु भएको नन्दका मावलीतर्फका काका जीवन धामीले जानकारी दिए ।

‘दुवै दाज–ुबहिनीको हत्या गरी स्थानीय खोलामा डुबेर मृत्यु भएको अपवाह फैलाइएको कर्नाटकमा रहेकाले दाबी गरेका छन्’, धामीले भने, ‘दुवैको शरीर चोटपटक देखिन्छ ।’ बुबा आमाको आग्रहमा शिरिष्मा एक महिनाअघि र विक्रम करिब ६ महिनाअघि मात्रै भारत गएका थिए । मृतक दुवैको शव स्थानीय अस्पतालमा राखिएको उनको भनाइ छ ।

घटनापछि मृतकका बुबा नन्दसिंह बेपत्ता रहेको बताइएको छ । ‘सोमबार नै आफन्तको जिम्मा लगाएर शव दाहसंस्कार गर्ने योजना थियो’, धामीले भने, ‘तर अझै शव अस्पतालमै छ ।’ मृतकका आफन्तले भने घटनाको छानबिनको माग गरिरहेका छन् । रासस

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७