थलीमा मृत भेटिएका कृष्णकी छोरी बबरमहलबाट पक्राउ, छोरा पनि फर्पिङमा घाइते फेला


२०८१ जेठ ८ मंगलबार १९:०९ बजे

काठमाडौं । काठमाडौंको थलीमा मृत भेटिएका व्यक्तिकी छोरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनकी छोरीलाई प्रहरीले बबरमहलबाट नियन्त्रणमा लिएको हो ।

घाँटीमा धारिलो हतियारले काटेको र अनुहार कालो कपडाले छोपेको अवस्थामा भक्तपुर नगरपालिका–७, छालिङ ठेगाना भएका कृष्ण नगरकोटी आज बिहान थलीको उकालोमा मृत फेला परेका थिए । उनको साथमा रहेको सवारी चालक अनुमति पत्रका आधारमा पहिचान खुलेको थियो । नगरकोटीका छोरा भने काठमाडौंको फर्पिङमा घाइते अवस्थामा भेटिएका छन् । उनलाई नियन्त्रणमा लिएर प्रहरीले टेकुमा ल्याएको छ । घटना शंकास्पद रहेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

‘छोरालाई घाइते अवस्थामा भेटिएको हो।अनुसन्धान भइरहेको छ,’ एसपी अधिकारीले भने । मृतकका भाइ सहकुलका अनुसार छोरा हिजै राति चाल्नाखेलको जंगलमा फेला परेका थिए । चाल्नाखेलका स्थानीयबासीले उनलाई फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले नै उनको उद्धार गरेको थियो । नगरकोटी शव मुलपानीबाट थलीतर्फ जाने सडकको बायाँतर्फको निर्माणाधीन पर्खालमा फेला परेको थियो । उनको शव नजिकै दुई वटा ब्लेड समेत फेला परेको थली प्रहरीले बताएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७