चितवनबाट फर्के लगत्तै सिंहदरबारमा प्रचण्ड, ओली र रवि छलफलमा
काठमाडौँ । संसदको अवरोध खुलाउने विषय पेचिलो बनेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग छलफलमा जुटेका छन् ।
आइतबार चितवन गएका प्रधानमन्त्री प्रचण्ड सोमबार काठमाडौँ फके लगतै ओली र लामिछानेसँग छलफलमा जुटेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अहिले उनीहरूबीच छलफल जारी रहेको स्रोतले जनाएको छ । विशेष गरी संसदको गतिरोध अन्त्य गर्नेबारे उनीहरूबीच छलफल चलिरहेको स्रोतले बताएको छ ।
भोलि (मंगलबार) साँझ ६ बजे संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम कांग्रेसले अवरोध नगरोस् भनेर दलहरू सहमतिको प्रयासमा छन् । कांग्रेसले गृहमन्त्री रवि लामिाछानेमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै संसद् अवरोध गर्दै आएको छ ।