कुटपिटबाट २१ वर्षीय युवकको मृत्यु : घटनामा संलग्न ११ जना पक्राउ
सल्यान । सल्यानको कुमाख गाउँपालिका–६ बस्ने वर्ष २१ का बिकास वलीको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा सोही गाउँपालिका–५ कौचे बस्ने मानसिंह कुमाईलगायत ११ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सोही नगरपालिका–५ कौचेस्थित मंगलबार राति विवाहको भोज खाई फर्कने क्रममा मानसिंह लगायतका व्यक्तिहरूको समूहले बिकास वली समेत ३ जनालाई कुटपिट गर्दा गम्भीर घाइते भएका वलीको मिसन अस्पताल चौरजहारी हुँदै नर्सिङ होम नेपालगञ्ज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । साथै कुटपिटबाट घाइते भएका एक जना मिसन अस्पताल चौरजहारीमा उपचार पश्चात डिस्चार्ज भएका छन् भने एक जनाको नर्सिङ होममा उपचार भइरहेको छ ।