सल्यानमा पुलबाट बस खस्यो : घाइतेको उद्धार हुँदै, थप विवरण आउन बाँकी

सल्यान । सल्यानमा बुधबार बिहान करिब ११ बजे बस दुर्घटना भएको छ । घोराहीबाट रुकुम जाँदै गरेको रा १ ख २०८५ नम्बरको यात्रुबाहक बस बाग्चौर नगरपालिका–२ ठिनबाङ खोलाको पुलमा दुर्घटना भएको हो । बस पुलबाट खोलामा खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
बस दुर्घटनाका घाइतलाई अहिले प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन् । घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रनाउ नविन कार्कीले बताए । बस दुर्घटनाका घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल ल्याउन थालिएको उनले जानकारी गराए । बस दुर्घटनाको कारण भने खुल्न नसकेको उनको भनाइ छ ।