ईपीएस भाषा परीक्षा : उत्पादनमुलक क्षेत्रको पहिलो चरणको नतिजा प्रकाशित, ६,३२१ जना उत्तीर्ण


२०८० चैत २७ मंगलबार १७:२८ बजे

काठमाडौं । दक्षिण कोरियाको उत्पादनमूलक क्षेत्रमा रोजगारीका लागि लिइएको भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ । दक्षिण कोरियाको मानव संसाधन विकास सेवाले मंगलबार नतिजा प्रकाशन गरेको हो ।

जसमा ६,३२१ जना उत्तीर्ण भएका छन् । प्रकाशित नतिजा अनुसार ९२.५ प्रतिशत अंक ल्याउने उत्तीर्ण भएका हुन् । पहिलो चरणको परीक्षामा ४७ हजार बढी परीक्षार्थी सहभागी भएका थिए ।

दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कामदार लैजान कोरियाली सरकारले नेपाल सरकारसँग सन् २००७ मा एमओयू गरेको थियो । त्यसअन्तर्गत सन् २००८ बाट कामदार लैजान सुरु गरिएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७