क्यानडा पठाइ दिन्छु भन्दै २० लाख रूपैयाँ ठग्ने बलराम भट्टराई पक्राउ

काठमाडौं । क्यानडा पठाइदिन्छु भन्दै २० लाख रूपैयाँ ठगी गरेको अभियोगमा झापा हल्दिबारी गाउँपालिका–१ घर भई काठमाडौं बुढानीलकण्ठ नगरपालिका कपन बस्ने ४० वर्षीय बलराम भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ ।
भट्टराईले एक जनालाई वैदेशिक रोजगारीका लागि क्यानडा पठाई प्रतिष्ठित होटलमा मासिक ४ लाख ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक–पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई हिजो (शुक्रबार) काठमाडौं सुकेधाराबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।