सात महिनापछि छुटे बालकृष्ण खाँण, अख्तियारले साधारण तारेखमा छाड्यो


२०८० मङ्सिर २९ शुक्रबार १३:४९ बजे

काठमाडौँ । सत्ता साझेदार नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण सात महिनापछि थुनामुक्त भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साधारण तारेखमा छाड्ने निर्णय गरेसँगै नेता खाँण सात महिनापछि थुनामुक्त भएका हुन् । उनलाई आज (शुक्रबार) नै सम्पत्ति शुद्धीकरण विभागमा बयान लिइएको थियो । जहाँ उनलाई १५ लाख रुपैयाँ धरौटी मागिएको थियो । उक्त धरौटी बुझाएपछि खाँणलाई टंगालस्थित अख्तियार केन्द्रीय कार्यालय लगिएको थियो । अख्तियारबाट उनलाई साधारण तारेखमा राख्ने निर्णय भएसँगै थुनामुक्त भएका हुन् ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन ठगी गरेको अभियोग लागेर थुनामा रहेका उनलाई बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटी मागेको थियो । तर शुक्रबार सम्पत्ति शुद्धीकरणले उनीसँग १५ लाख मात्रै धरौटी मागेको हो । उच्च अदालत पाटनको बिहीबार आदेशअनुसार उनले ३० लाख धरौटी बुझाएपछि सम्पत्ति शुद्धीकरण विभागको जिम्मा लगाइएको थियो ।

सम्पत्ति शुद्धीकरणबाट निस्किएपछि खाँणलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पेश गरियो । अख्तियारले धरौटी नलिई साधारण तारेखमा मात्रै राख्ने निर्णय लिएपछि खाँण केन्द्रीय कारागार सुन्धाराबाट थुनामुक्त भएका हुन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७