इटहरीमा छिमेकी युवकले खुकुरी प्रहार गरी लिए महिलाको ज्यान
सुनसरी । सुनसरीको इटहरीमा छिमेकी युवकले धारिलो हतियार प्रहार गरी एक महिलाको ज्यान लिएका छन् । इटहरी उपमहानगरपालिका– २ शान्तिनगर राई टोलकी मधुमाया पुरीको छिमेकी सन्तोष राईले हत्या गरेका हुन् ।
घर पछाडि रहेको गोठमा गोबर सोरिरहेकी ६८ वर्षीय पुरीलाई राईले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । राईलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरिसकेको छ । घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।