व्यापारीसँग पैसा असुल्ने नक्कली प्रहरी सक्कलीको फन्दामा


१४:०० बजे

पर्सा । आफूलाई नेपाल प्रहरीको घुमुवा भन्दै व्यापारीसँग रकम उठाइरहेको अवस्थामा प्रहरीले वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ ।

गैरकानुनी गतिविधि गरेको अभियोगमा बाराको आदर्शकोतवाल गाउँपालिका–८ लक्ष्मीटोल निवासी ५५ वर्षीय गोविन्द महतो कोइरीलाई पक्राउ गरिएको हो । ‘मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट बारा, पर्सा र रौतहट जिल्लामा घुमुवा प्रहरीको जिम्मेवारीमा रहेको’ बताउँदै निजले वीरगञ्ज महानगरपालिका–२३ हरपतगञ्जस्थित व्यापारीहरुसँग मासिकरुपमा रकम उठाइरहेको सूचनाका आधारमा प्रहरी टोलीले कोइरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७