धुलिखेलको आगलागी तीन घण्टापछि नियन्त्रण, क्षतिको विवरण संकलन हुँदै


२०८० मङ्सिर १२ मंगलबार १३:१० बजे

काठमाडौं । काभ्रेको धुलिखेलमा आज (मंगलबार) बिहान उज्यालो नहुँदै सुरु भएको आगलागी तीन घण्टापछि नियन्त्रणमा आएको छ ।

धुलिखेल नगरपालिका–११ बाँनियाछाप बस्ने बलराम धिमालको घरमा बिहान चार बजेदेखि सुरु भएको आगलागी बिहान ६ बजेर ५० मिनेट जाँदा पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । आगलागीबाट ढुंगानाका ढुंगा, माटो र जस्ताले छाएको ३ तल्ले घर र एउटा गाईबस्तु बाँध्ने गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ ।

आगलागीको खबर प्राप्त हुनसाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो । धुलिखेल नगरपालिकाको दमकल र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । आगलागी कसरी सुरु भयो, कारण खुलेको छैन । आगलागीबाट अन्नपात र अन्य भौतिक बस्तु जलेर नष्ट भए पनि चौपाया र मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । आगलागीको क्षति विवरण आउन बाँकी छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७