बनेश्वरमा शिक्षकको आन्दोलनमा प्रहरी हस्तक्षेप


२०८० असोज १० बुधबार ०२:१२ बजे

काठमाडौं । राहत शिक्षकहरूको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । केही शिक्षकहरू घाइते भएका छन् । शिक्षा विधेयकका केही प्रावधानमा असहमति जनाउँदै राहत शिक्षकहरू काठमाडौंमा प्रदर्शन जारी राखेका छन् ।

शिक्षकहरूको प्रदर्शनका कारण माइतीघर बानेश्वर सडकखण्ड अवरुद्ध भएको छ । प्रहरीले निषेधित क्षेत्रमा प्रवेश रोक लगाउने क्रममा झडप भएको हो । आन्दोलनरत राहत शिक्षकले बबरमहल–नयाँबानेश्वर सडकमा मुख्य सडक अवरुद्ध गरेर आन्दोलन गरेका छन् । बीचको मूल सडक र बायाँतर्फको बाटो आन्दोलनकारीले कब्जा गरेपछि सवारी आवागमन अस्तव्यस्त बनेको छ ।

राहत शिक्षकले मंगलबार पनि काठमाडौंमा प्रदर्शन गरेका थिए । उनीहरूले काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म सिटी फुकेर र्‍याली निकालेका थिए । यही असोज ५ गते सरकार र शिक्षक महासंघका पदाधिकारीबीच शिक्षा विधेयकका विषयमा ६ बुँदे सहमति भएको थियो । राहत शिक्षकले त्यसप्रति असन्तुष्टि जनाउँदै प्रदर्शन जारी राखेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७