ओलीको प्रश्न : प्रधानमन्त्री बाहिर जाँदा संसद तालाबन्दी गर्नुपर्छ ?


२०८० असोज ८ सोमबार ००:२४ बजे

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद् बैठक लामो समय स्थगित भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

आज (सोमबार) काठमाडौंमा पार्टीको वागमती प्रदेशको पहिलो अधिवेशन उद्घाटन गर्दै उनले संसद् बैठकबाट सरकार डराएको टिप्पणी गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ देश बाहिर जाँदा संसद् बैठक लामो समय स्थगित गरिएको भन्दै उनले आपत्ति जनाएका हुन् ।

‘प्रधानमन्त्री बाहिर जाँदा १७ दिनसम्म संसद् बन्द गर्नुपर्छ ? भारतका प्रधानमन्त्री बाहिर जानुहुन्छ, त्यहाँ ताला बन्द हुन्छ ? त्यहाँ त चल्छ’, उनले थपे, ‘सरकारलाई डर छ संसद् चले सांसदले जनताको समस्या उठाउँछन् भनेर । जनताको समस्यामा छलफल गर्नु पर्दैन ?’
‘फुटपाथको विकल्प तयार नहुन्जेल बिहान बेलुका व्यवसाय गर्न दिउँ’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरीबको सामान फालेर मात्रै फुटपाथको समस्या समाधान नहुने बताएका छन् । एमाले बागमती प्रदेश अधिवेशनको उद्घाटन समारोहमा बोल्दै ओलीले विकल्प दिएर फुटपाथ व्यवसायको व्यवस्थापन गर्नुपर्ने बताए ।

फुटपाथ व्यवसायीलाई विकल्प दिनुको सट्टा नगर प्रहरीले उनीहरूमाथि उल्टो ज्यादती गरिरहेको ओलीले बताए । ‘मान्छेहरू गाडीबाट ओर्ले जसरी नगर प्रहरी उत्रिँदैन । प्रहरी ओर्लिए जसरी नगर प्रहरी ओर्लिदैन । गड्याकगुडक हामफाल्छ । सिठी फुक्न सुरू गर्छ । कहाँ कुदेको हो, गुटुटु कुद्छ । आतंक मच्चिन्छ । आयो आयो के आयो हुन्छ । कुदेपछि रिस उठेको बच्चाले जसरी सामान फाल्न थाल्छ,’ ओलीले भने ।

गरीबले बल्लबल्ल जोडेको सामान फाल्दैमा समस्या समाधान नहुने उनले बताए । बरू विकल्प तयार नहुञ्जेल बिहान ५ बजेदेखि ८ बजेसम्म र बेलुका ६ देखि ८ बजेसम्म फुटपाथमा व्यापार गर्न दिन सकिने उनले बताए ।

‘गरीबले बल्लबल्ल किनेर ल्याएको छन् । फ्याँकेर, पोखेर समस्याको समाधान हुँदैन,’ उनले भने, ‘शहर सफा राखौं । बाटो खुल्ला राखौं तर मान्छे मारेर होइन । मान्छेलाई पेलेर होइन । मान्छेलाई रुवाएर होइन । कोही पनि नेपालीले रून नपर्ने खालको परिस्थिति बनाऔं ।’ उनले काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि उभिएर आन्दोलन गरिरहेको विषय पनि आफ्नो जानकारीमा रहेको बताए । तर यी सबै कुराको समाधान गर्न सरकारले नचाहेको पनि ओलीको आरोप छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७