राहुघाटको विद्युत् गृह बनाउँदै
म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरमा ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको विद्युत् गृहभित्र टर्वाइन राख्ने ठाउँ बनाउँदै । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवद्र्धक रहेको राहुघाट निर्माणको भौतिक प्रगति ६० प्रतिशत रहेको छ । तस्बीर : सन्तोष गौतम / रासस