प्रधानमन्त्रीलाई चीन भ्रमणको एजेण्डाबारे संसदमा जानकारी गराउने फुर्सद छैन : रघुजी पन्त


१७:०९ बजे

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद रघुजी पन्तले आगामी असोज पहिलो साता हुन लागेको चीन भ्रमणको बारेमा संसद्मा छलफल गर्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको आज (बिहीबार) को बैठकमा बोल्दै सांसद पन्तले चीन भ्रमणको मिति, एजेण्डाका बारेमा बाहिर चर्चा सुनेको बताए । तर, प्रधानमन्त्रीलाई संसद्मा आएर सो बारे जानकारी गराउने फुर्सद नभएको भन्दै आपत्ति जनाए ।

‘हामीले प्रधानमन्त्रीको चीन भ्रमणको मिति, एजेण्डाहरु यी हुन सक्छन् भनेर विभिन्न चर्चा सुनेका छौं । तर, संसद चलिरहँदा प्रधानमन्त्रीज्यूलाई संसद्को विचार, भावना र एजेण्डाबारे छलफल गर्ने फुर्सद छैन,’पन्तले भने, ‘म आग्रह गर्न चाहन्छु, यो विषय संसद्मा आएर प्रष्ट पार्नुहोस् । संसद्को भावना र विश्वासलाई लिएर चीन जानुहोस् ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७