धर्म–संस्कृतिमा द्वेषपूर्ण अभिव्यक्ति र कार्यलाई कुनै हालतमा छुट दिइँदैन : प्रधानमन्त्री


२०८० भदौ १२ मंगलबार ०९:४२ बजे

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार विधिको शासनमा पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । आज (मंगलबार) प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा सांसद ईश्वरीदेवी न्यौपानेको प्रश्नको जवाफमा उनले अनेतकतामा एकता नेपाली मात्रको विशिष्टता भएको बताए ।

उनले सामाजिक एकता, सद्भाव र समाजिक सहअस्तित्वमा खलल पुर्‍याउने कुनै पनि किसिमको कार्य हुन नदिन सरकार दृढ रहेको उल्लेख गरे । ‘सामाजिक एकता, सद्भाव र समाजिक सहअस्तित्वमा खलल पुर्‍याउने कुनै पनि किसिमको कार्य हुन नदिन सरकार दृढ छ’, उनले भने, ‘सामाजिक सद्भावमा खलल पार्ने र एकार्काको धर्म र संस्कृतिमा द्वेषपूर्ण अभिव्यक्ति र कार्यलाई सरकारले कुनै हालतमा छुट दिन सक्दैन ।’

प्रधानमन्त्रीले पहिचानका कुरा गर्दा कसैको आस्थामाथि कुनै विभेद नगर्ने बताए । ‘मैले पहिचान या अरू कुनै कुरा गर्दा कसैको पहिचान, आस्थामाथि कुनै विभेद नगर्ने कुरा स्पष्ट गर्न चाहन्छु’, उनले भने ।

आजको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने सम्भावित कार्यसूची छ । आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।

प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी निर्धारित कार्यक्रमका लागि बैठकको पहिलो एक घण्टाको समय निर्धारण गरिएको सभामुख देवराज घिमिरेले जानकारी दिए । प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्दा स्पष्टीकरणको व्यवस्था नगरिएको पनि सभामुख घिमिरेले बैठकमा जानकारी गराएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७