सुतेकै ठाउँमा गोमन सर्पले टोक्दा वृद्धाको गयो ज्यान


२०८० भदौ १ शुक्रबार ०९:३४ बजे

सर्लाही । सर्लाहीको लालबन्दीमा विषालु सर्पको टोकाइबाट एक वृद्धाको ज्यान गएको छ । लालबन्दी नगरपालिका– १० की ७४ वर्षीया इन्द्रमाया श्रेष्ठको गोमन सर्पको टोकाइबाट मृत्यु भएको हो ।

बिहीबार राति आफ्नै घरमा सुतेको बेला उनलाई गोमन सर्पले डसेको आफन्तले बताएका छन् । सर्पले टोकेपछि उपचारको लागि आफन्तले उनलाई लालबन्दी– १ नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रमा पुर्‍याएका थिए । तर, उपचारमा ढिलो गरी ल्याउँदा वृद्धालाई बचाउन नसकिएको उपचार केन्द्रका चिकित्सकले बताएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७