प्रचण्ड कांग्रेसको कान समातेर काँधमा चढेर हिँडेका छन् : अध्यक्ष ओली


२०८० श्रावण १२ शुक्रबार ०५:५६ बजे

भक्तपुर । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कान समातेर नेपाली कांग्रेसको काधँमा बसेको टिप्पणी गरेका छन् ।

आज (शुक्रबार) भक्तपुरमा आयोजित जनसंगठन समन्वय संयन्त्रको बैठकमा उनले कांग्रेसको दुर्गति यति चाँडै हुन्छ भन्ने नसोचेको बताएका छन् । उनले कांग्रेस माओवादीको ढाकर बोकेर हिँडेको भन्दै व्यङग्य गरे ।

‘कांग्रेसको नसिबमा यति चाँडै यो दुर्गति । माओवादीको ढाकर बोक्या हेर त’, उनले भने, ‘अहिले कांग्रेसको दुईपट्टी टिलिक्क परेका जुत्ता लगाएका खुट्टा यतापट्टी झारेर प्रचण्ड कानमा समातेर हटहट गरेर हिंड्या छन् । कांग्रेस लुरुलुरु । कांग्रेसको भाग्यमा थियो । अब कठैबरा भन्न सकिन्छ ।’ उनले कांग्रेसले भ्रष्टाचारका विरुद्ध बोल्नै नसक्ने आरोप लगाए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७