काठमाडौं, २४ बैसाख । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराई समाजिक सञ्जाल ट्वीटरमा ‘वान मिलियन’ क्लबमा प्रवेश गरेका छन् । अर्थात, सामाजिक सञ्जाल ट्वीटरमा उनको फलोअर्स १० लाखमाथि पुगेको छ ।
उनी सामाजिक सञ्जालमा सक्रिय नेताहरुमध्ये पर्छन् । त्यही भएर समाजिक सञ्जालमा उनलाई फलो गर्ने धेरै रहेका छन् ।
अहिले उनी यस अवसरमा उनले लेखेका छन् :-
१० लाख ट्विटर मित्रहरूलाई शुभकामना ! डिजिटल प्रविधिले सम्भव तुल्याएको समतलीय रउभभच तय उभभच संवादको माध्यम सामाजिक मिडियालाई सामुहिक हितमा सदुपयोग गरौं!संस्कृतको यो श्लोक मनन गरौँ – जिवन्तु मे शत्रुगणा सदैव, एनाम् प्रसादात् सुविचक्षणोहम् । यदयदा माम् विकृतिं लभन्ते, तदातदा माम् परिवोधयन्ति ! प्रायः आलोचनाको केन्द्रविन्दुमा रहे पनि डा. भट्टराईले ट्वीटरलाई आफ्नो विचार अभिव्यक्त गर्न र शुभचिन्तकसम्म सूचना प्रवाह गर्ने माध्यमको रुपमा प्रयोग गर्दै आएका छन् ।