नौं वर्षमा नेपाल–भारत सम्बन्ध ‘हिट’ भयो, अब ‘सुपरहिट’ बनाउने सम्झौता भएको छ : मोदी


११:४८ बजे

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भारतबीचको सम्बन्ध नौं बर्षमा ‘हिट’ भएको र अब ‘सुपरहिट’ बनाउने गरी महत्वपूर्ण निर्णय भएको बताएका छन् ।

दुई देशको सम्बन्ध अगाडि बढाउन पेट्रोलियम पाइपलाइन, बिजुली आयात, हाइड्रो, रेलमार्गलगायतका क्षेत्रमा महत्वपूर्ण निर्णय भएको उनले बताएका छन् । आज (बिहीबार) नयाँ दिल्लीको हैदरावाद हाउसमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको भेटवार्ता पछि पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री मोदीले दुई देशबीचको सम्बन्ध सुपरहिट बनाउने निर्णय गरेको बताए ।

उनले भने, ‘भारत नेपालबीचको सम्बन्ध सुन्दर छ । नेपालको विद्युत निर्यात भइरहेको छ । अनेक क्षेत्रमा विभिन्न उपलब्धी हाँसिल गरेका छौ । तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइप लाइन, क्रस बोर्डर पेमेन्टलगायत समझदारीमा हस्ताक्षर भएको छ ।’ मोदीले लङ टर्म पावर ट्रेड एग्रीमेन्ट भएको बताए । उनले २०१४ मा प्रधानमन्त्रीको कार्यभार सम्हालेको तीन महिनाभित्र नेपाल भ्रमण गरेको स्मरण गरेका थिए ।
‘नेपालबाट आउँदो १० वर्षमा १० हजार मेगावाट विजुली आयात गर्छौ’
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदो १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली आयात गर्ने लक्ष्य राखेको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मोदीले नेपाल र भारतको सम्बन्धलाई नयाँ उचाइमा पु¥याइने बताए । यसका लागि दुवै देशका प्रधानमन्त्रीले विभिन्न निर्णय गरेको बताएका छन् ।

नेपालसँग जलविद्युत सम्बन्धी दीर्घकालिन सम्झौता भएको मोदीले बताएका छन् । ‘अहिले नेपालबाट ४५० मेगावाटा बिजुली आयात गरिरहेका छौं’, भारतीय प्रधानमन्त्री मोदीले भने, ‘आउँदो १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली आयात गर्ने लक्ष्य राखेका छौं ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७