महिला क्रिकेट : नेपाल मलेसियासँग पराजित


२०८० जेठ १५ सोमबार ०१:०० बजे

काठमाडौं । पाँच खेलको ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खलाको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ ।
मलेसियाको वाइएसडी यूकेएम ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल मलेसियासँग पाँच विकेटले पराजित भएको हो । नेपाली महिला टोलीले मलेसियासँग पहिलो पटक हार व्यहोरेको हो ।

यसअघि मलेसियासँग भएका तीन टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपाल अपराजित रहेको थियो । यस जितसँगै अन्तर्राष्ट्रिय सिरिजमा नेपालविरुद्ध पहिलो जित हात पारेको मलेसियाले १–० को अग्रता बनाएको छ । आजको खेलमा नेपालले दिएको ५१ रनको सामान्य लक्ष्य मलेसियाले १३ दशमलव २ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । मलेसियाका लागि वान जुलियाले सर्वाधिक १३ रनको योगदान दिइन भने हमिजाहले अविजित १२ रन बनाइन् । त्यसैगरी इना नजवा ८ रनमा अविजित रहिन् ।

नेपाली टोलीकी कप्तान रुविना क्षेत्री र सीता रानामगरले समान २-२ विकेट झारे भने कविता कुँवरले १ विकेट लिइन् ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल १६ दशमलव ५ ओभरमा ५० रनमा समेटियो । नेपालको लागि सम्झना खड्काले सर्वाधिक १३ रन बनाइन् भने ज्योति पाण्डेले ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ मलेसियाका लागि नीरनुर अतिलाले ३ विकेट लिए भने ऐश्या एलिसा, हमिजाह र महिराह इश्लामीले समान २-२ विकेट लिइन् । उक्त सिरिजअन्तर्गत मलेसिया र नेपालबीचको दोस्रो खेल भोलि हुनेछ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७