७७ बर्षीया बलात्कृत वृद्धाको उपचार खर्च गाउँपालिकाले बेहोर्ने


०७:४७ बजे
बनियानी, झापा, २० वैशाख । आफ्नै घरमा बलात्कृत भएकी इलामको रोङ गाँउपालिका–१ कटहरेकी एक ७७ बर्षीया वृद्धाको उपचार खर्च रोङ गाउँपालिकाले बेहोर्ने भएको छ । झापाको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचाररत वृद्धाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन बुधबार आएका गाउँपालिका अध्यक्ष शम्शेर राईले घटनाको भत्र्सना गर्दै उपचार खर्च गाउँपालिकाले बेहोर्ने बताएका छन् । गापा अध्यक्ष राईसहित अस्पताल आएको टोलीले अस्पताल प्रशासनसँग छलफलसमेत गरेको थियो । छलफलपछि पीडित वृद्धाको उपचार खर्च गाउँपालिकाले बेहोर्ने जनाइएको थियो । आइतबार बेलुका करीब ११ बजे केही युवाले वृद्धामाथि बलात्कार गरी मरणासन्न हुने गरी कुटपिटसमेत गरेका थिए । पीडकले वृद्धाको जिब्रोसमेत थुतिदिएका थिए । शल्यक्रिया गरी उनको जिब्रो जोडिएको छ । अचेत अवस्थामा फेला परेकी उनको तीन दिनदेखि उपचार भइरहेको छ भने स्वास्थ्यमा सुधार आइरहेको जनाइएको छ । इलाका प्रहरी कार्यालय, पशुपतिनगरले घटनामा संग्लन भएको आरोपमा तीनजनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ । रासस

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७