एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल र चिनियाँ राजदूतबीच भेटवार्ता


२०७९ चैत १६ बिहीबार ०९:०८ बजे

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच बिहीबार भेटवार्ता भएको छ ।

वरिष्ठ उपाध्यक्ष पोखरेललाई भेट्न राजदूत सोङ पोखरेल निवास धापासी पुगेका थिए । पोखरेल र सोङबीच दुई देशको सम्बन्धका विषयमा महत्वपूर्ण छलफल भएको थियो ।

दुई देश र जनताको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा वरिष्ठ उपाध्यक्ष पोखरेल र राजदूत सोङले जोड दिएको उनको सचिवालयले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७