विशेष अदालतबाट फैसला भएमा मुद्दाउपर अख्तियारको पुनरावेदन
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट भएको विभिन्न मुद्दाको फैसलाउपर सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत, काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट बिभिन्न मितिमा फैसला भएकामध्ये घुस÷रिसवत, गलत लिखत तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा आयोगको निर्णय अनुसार मिति २०७९–१२–१० गते सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो ।