सरुवा भएर मनाङ हिंडेका सशस्त्रका जवान मर्स्याङ्दी नदीमा बेपत्ता


२०७९ पौष १५ शुक्रबार १७:३५ बजे

लमजुङ । लमजुङस्थित मर्स्याङ्दी नदीमा खसेर सशस्त्र प्रहरीका एक जवान शुक्रबार बिहान बेपत्ता भएका छन् ।
सदरमुकाम बेंसीसहरबाट शुक्रबार बिहान मनाङ जाँदै गरेको ग १ ज ७३३५ नम्बरको जीपमा सवार सशस्त्र प्रहरी जवान अनन्त महत पिसाव फेर्न निस्किँदा लडेका थिए ।

पिसाव फेर्न जीपबाट उत्रिएका ३२ वर्षीय महत लमजुङको मर्स्याङ्दी गाउँपालिका–४, काप्रेभीरबाट लडेर मर्स्याङ्दी नदीमा खसेका हुन् । त्यसपछि उनी बेपत्ता छन् ।

रामेछापको लिखु तामाकोसी गाउँपालिका–४, बिजुलीकोट घर भएका महतको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले खोजी गरिरहेको छ । महत सशस्त्र प्रहरीको २२ नम्बर गण महेश्वरी भक्तपुरबाट सरुवा भएर ३२ नम्बर गुल्मको हेडक्वार्टर चामे मनाङ जाँदै थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७